मुख्यमन्त्री गोल्डकप : दुधौली क्लबलाई हराउँदै आर्मी फाइनलमा
  • काँचुली खबर

२० कात्तिक, कोहलपुर । बाँकेको कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८० मा दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले दुधौली स्पोर्ट क्लबलाई १ का बिरुद्ध ४ गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको खेल संयोजक राम बहादुर मल्लले जानकारी दिए ।

दुधौली स्पोर्ट क्लबका खेलाडी अजय कुमार श्रीवास्तवले खेल सुरु भएको २९ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ५ मिनेट भित्रै आर्मीका टंक बस्नेतले १ गोल गर्दै नतिजा बराबर गरेका थिए । बस्नेतले ६१ मिनेटमा थए एक गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

आर्मीकै खेलाडी मान बहादुर आले मगरले ७३ मिनेटमा अर्को गोल थपेका थिए भने ८३ मिनेटमा गोल गर्दै मदन लिम्बुले टिमको गोलसँख्या ४ पुर्याएका थिए ।

खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मी क्लबका खेलाडी मान बहादुर आले मगर धोषित भए । उनलाई कोहलपुर वडा नं। १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले मगरलाई नगद रु ५ हजार हतान्तरण गरे ।

उपाधिकालागि त्रिभुवन आर्मी र चर्च व्वाईज भिड्ने

कोहलपुर गोल्ड कपको उपाधिकालागी त्रिभुवन आर्मी क्लब र चर्च व्वाईज क्बल भिड्ने भएका न । गोल्ड कपको २२ गते फाईनल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

८ टिम सहभागी भएको प्रतियोगितामा अन्तर्गत आजको खेलबाट त्रिभुवन आर्मी फुटबल क्लब फाईनलमा पुगेको हो भने यसअघि नै गोर्खा व्वाईजलाई ३-० गोलले पराजित गर्दै चर्च व्वाईज यूनाईटेडले फाइनलमा पुगेको थियो ।

प्रतियोगिताको बिजेतालाई ८ लाख रुपैयाँ सहित ट्रफी र उपबिजेतालाई ४ लाख नगद पुरस्कार सहित ट्रफी प्रदान गरीने आयोजक रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।

  • २० कार्तिक २०८०, सोमबार १८:४० प्रकाशित
  • Nabintech