‘श्रीमान गुमाईन, पेटभित्रको बच्चाले पनि संसार देख्न पाएन’
  • काँचुली खबर

२० कात्तिक, नेपालगन्ज । भूकम्पमा परी घाइते भएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पतालमा उपचाररत नलगाड गाउँपालिका-६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो ।

घाइते महिलाको स्वास्थ्य चेकजाँच गर्दा पेटभित्र आठ महिनाको गर्भ रहेको र पेटभित्रै बच्चा मृत अवस्थामा रहेको पाइएपछि औषधिमार्फत मृत बच्चालाई बाहिर निकालिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

डा. नवीन बुढाथोकी र प्रसुती कक्षका नर्सिङ टिमले उनको पेटमा रहेको आठ महिनाको मृत बच्चालाई बाहिर निकाल्नका लागि औषधिबाट व्यथा लगाई गएराति ७ः२० बजेको समयमा सामान्य सुत्केरी गराइएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । घाइते गर्भवती महिलाको बच्चा पेटबाट बाहिर निकाली सकिएपछि थप जाँच तथा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

मृत बच्चाको सोमबार बिहान शव व्यवस्थापन गरिएको र शव व्यवस्थापका लागि बाँके युनेस्को क्लबले पाँच हजार रुपियाँ आर्थिक सहयोग गरेको श्रेष्ठले बताए । त्यसैगरी एनआरएनएबाट पनि घाइते सुत्केरी महिलाकालागि नौं हजार आर्थिक सहयोग प्राप्त भएको र उक्त रकम पनि घाइते सुत्केरी महिलालाई प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।

भुकम्पमा परी घाइते महिलाका श्रीमानको घटनास्थलमै मृत्यु भएको र घर पनि पूर्णरुपमा क्षेति भएको श्रेष्ठले जानकारी दिए ।

  • २० कार्तिक २०८०, सोमबार १३:०७ प्रकाशित
  • Nabintech