विश्वकप छनाैट फाईलन : ओमनबिरूद्द ब्याटिङ गर्दै नेपाल
  • काँचुली खबर

१९ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।
नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।
नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।
  • १९ कार्तिक २०८०, आईतवार १०:५० प्रकाशित
  • Nabintech