१८ कात्तिक, जाजरकोट । भूकम्प प्रभावित रूकुम पश्चिममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन्।
शनिबार मध्याह्न रूकुमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले भूकम्पमा परी घाइते भएकाहरूलाई भेटेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रधानमन्त्री प्रचण्डले घाइतेहरू अवस्था र उनीहरूको उपचारका बारेमा अस्पतालसँग जानकारी लिएका छन्।
यसअघि प्रचण्ड जाजरकोट जिल्ला अस्पताल पुगेर भूकम्पका घाइतेहरूको अवस्था बुझेका थिए।
जाजरकोट केन्द्रबिन्दु भई गएराति ११:४७ बजे ६.४ रेक्टरको भूकम्पमा परी हालसम्म १३३ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी जाजरकोट ९५ जना र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भइसकेको छ।
प्रधानमन्त्री प्रचण्ड चिकित्सकको टोली लिएर शनिबार बिहानै जाजरकोट पुगेका थिए।
१८ कार्तिक २०८०, शनिबार १३:४० प्रकाशित