१७ कात्तिक, काेहलपुर । नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरीले राज्यले शिक्षाको सम्पूर्ण दायित्व लिनुपर्ने बताएका छन । सरकारले शिक्षाको सम्पूर्ण दायित्व लिएमा शिक्षाको गुणस्तर वृद्धि हुने बताउँदै उनले बिभिन्न प्रकृतिका शिक्षकहरुलाई एउटै प्रकृतीको बनाउनुपर्ने बताएका छन ।
नेपाल शिक्षक संघ बाँकेले शुक्रबार काेहलपुरमा आयाेजना गरेकाे अन्तक्रिया एवं शुभकामना आदान-प्रदान कार्यक्रम बोल्दै उनले नेपालको शैक्षिक आन्दोलनको नेतृत्व संघले गरेको बताउँदै राज्यले शिक्षकका माग तत्काल सम्बोधन गर्नुपर्ने बताए । साथै उनले नेपालको शैक्षिक आन्दोलनलाई एउटा बिन्दुमा पुर्याउन देशैभरीका शिक्षकहरु एक हुन आवश्यक रहेको बताएका छ्न ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाल शिक्षक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष इलम शाहिले शिक्षक आन्दोलनबाट भएका सहमति कार्यान्वयन गर्न राज्य तयार हुनुपर्ने बताउँदै शिक्षक महासंघसँग भएका सम्झौता लागू नभए शिक्षक संघले पुनः आन्दोलनकाे नेतृत्व गर्ने चेतावनी दिए ।
कार्यक्रमा नेपाली काँग्रेस बाँकेका सभापती नारायण प्रसाद गौडेलले लोकतान्त्रिक राज्य व्यवस्थाको स्थापनाका लागी शिक्षकले उल्लेखनीय योगदान पुर्याएको धारणा राखेका थिए ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले शिक्षकले दिएका सुझावका आधारमा नीति बनाउने प्रतिवद्रता व्यक्त गरे। शिक्षा नीति बनाउन शिक्षकको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले नीति बनाउन शिक्षकलाई जिम्मेवारी दिन आवश्यक रहेको बताए ।
नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादव लगायत नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुको सहभागिता रहेका थियो ।
१७ कार्तिक २०८०, शुक्रबार २०:४९ प्रकाशित