३० बैशाख २०८१, आईतवार
काेहलपुर गाेल्डकप : चर्च ब्वाइज फाइनलमा प्रवेश
  • काँचुली खबर

१७ कार्तिक, कोहलपुर । चर्च व्वाइज यूनाइटेड क्लब मुख्यमन्त्री कोहलपुर गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । आज तेस्रो दिन भएको पहिलो सेमिफाइनल खेलमा गोर्खा व्वाइज स्पोर्ट्स क्लबलाई ३-० गोल अन्तरले हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।

टिमलाई जिताउन चर्च व्वाईजका खेलाडी सुशान श्रेष्ठ (३६ मिनेट), विशाल बस्नेत (४७ मिनेट) र आरुज सिंह (७६ मिनेट) ले १-१ गोल गरेका थिए । चर्च व्वाईज क्लबका खेलाडी विशाल बस्नेत ‘म्यान अफ द म्याच’ धोषित भएका थिए । उनलाई पुरस्कार स्वरूप रु. ५ हजार रकम उपलब्ध गराइएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भाेलि त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र वि.एफ.सी चितवन क्लबबिच दिउँसो ३ः०० बजे खेल हुने कोहलपुर रेसिङ्ग सहारा क्लबका सचिव नवकिरण शाहले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख र दोस्रो हुनेलाई चार लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

कार्तिक २२ गतेसम्म चल्ने प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सी.सहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।

  • १७ कार्तिक २०८०, शुक्रबार २०:१५ प्रकाशित
  • Nabintech