जनयुद्ध र जनआन्दोलनका घाइते राख्न लुम्बिनीमा स्याहार केन्द्र बनाईदै
  • काँचुली खबर

१७ कात्तिक, दाङ । जनयुद्ध र जनआन्दोलनका घाइते राख्न लुम्बिनीमा स्याहार केन्द्र बनाइने भएको छ। स्याहार केन्द्रका लागि प्रदेश सरकारले जग्गा खोजी सुरू गरिसकेको छ।

प्रदेशस्तरीय स्याहार केन्द्र स्थापनाका लागि राप्ती गाउँपालिकाभित्रै जग्गा खोजी भइरहेको छ।

लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्कीले स्याहार केन्द्रका लागि राप्ती गाउँपालिकाभित्रै जग्गा खोजी गरिराखिएको जानकारी दिए। जग्गा प्राप्त हुनासाथ स्याहार केन्द्र स्थापनाको प्रक्रिया सुरू हुने उनले बताए।

घाइते र उनका परिवारलाई जीवनयापनमा समस्या रहेको हुँदा उनीहरुलाई एउटै स्थानमा राखेर स्याहार गर्न केन्द्र बनाउन लागिएको उनको भनाइ छ।

घाइतेलाई एकै ठाउँमा राखेर अवस्थाअनुसार आयआर्जनमा पनि जोड्न पहल हुने उनी बताउँछन्।

स्याहार केन्द्र स्थापना गर्न प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको छ। स्याहार केन्द्रका लागि करिब २० विघा जग्गा खोजी भइरहेको छ।

  • १७ कार्तिक २०८०, शुक्रबार १३:४० प्रकाशित
  • Nabintech