काेहलपुर गाेल्डकप : उद्घाटन खेलमा चर्च ब्वाइज बिजयी
  • काँचुली खबर

१५ कात्तिक, काेहलपुर । बाँकेको कोहलपुरमा सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी सुरुवात गरेको छ । बुधबार भएकाे उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज बिजयी भएकाे हाे ।

कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको उद्घाटन खेलमा चर्च ब्वाइजले आयोजकलाई ट्राइब्रेकरमा ४ का विरुद्ध ५ गोलको अन्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा आयोजकलाई स्तब्ध पार्दै चर्च ब्वाइजले विजयी सुरुवात गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

खेलकाे म्यान अफ द म्याच चर्च ब्वाइजका गाेलकिपर अभिषेक चाैधरी घाेषित भए ।

आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीका अनुसार  प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता छ ।

प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँसहित ट्रफि र दोस्रोलाई चार लाख प्रदान गरिनेछ । करिब ८० लाख रुपियाँ लागत अनुमान गरिएको प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

  • १५ कार्तिक २०८०, बुधबार १९:०९ प्रकाशित
  • Nabintech