३० बैशाख २०८१, आईतवार
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
  • काँचुली खबर

१४ कात्तिक, काठमाडौं । नेपालविरुद्ध मलेसियाले १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु मैदानमा टी-२० विश्वकपअन्तर्गत एसिया क्वालिफायर्समा निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको हो।

मलेसियाका लागि साइद अजितले सर्वाधिक ६८ रन बनाए। उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै जुबइदीले २४, सर्विभनले १३ र विजय युनीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अकंकको रन जोड्न सकेनन्।

त्यस्तै बलिङतर्फ नेपालका लागि अविनाश बोहोराले ४ विकेट लिए। सन्दीप लामिछाने, गुल्शन झा र रोहित पौडेलेले भने एक-एक विकेट लिए।

  • १४ कार्तिक २०८०, मंगलवार १४:५८ प्रकाशित
  • Nabintech