३० बैशाख २०८१, आईतवार
अब देखी राहदानी र राष्ट्रिय परिचय पत्रको फारम कर्मचारीले निःशुल्क भरिदिने
  • काँचुली खबर

१४ कात्तिक, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले कार्यालय परिसरभित्रै राहदानी र राष्ट्रिय परिचय पत्रको फारम कर्मचारीले निःशुल्क भरिदिने ब्यवस्था मिलाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले राहदानी र राष्ट्रिय परिचय पत्रको सेवा लिने सेवाग्राहीको अनलाइन फारम कार्यालय परिसर भित्रै कर्मचारीहरूबाट नै निःशुल्क भरिदिने व्यवस्था मिलाएका हुन । अब सेवाग्राहीहरूले राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फारम भर्न कहिकतै भौँतारिनु पर्दैन, आफ्नो प्रमाण लिएर कार्यालयको सम्बन्धित फाँटमा सम्पर्क राख्न सक्नेछन् ।

राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फारम कार्यालयका कर्मचारीले नै निःशुल्क भरिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनका अनुसार फारम भरेकै दिन फोटो खिच्ने व्यवस्था पनि मिलाइएको छ । ‘यसका लागि समय बुक गर्न र फारम भरेको पैसा तिर्नु पर्दैन । एकै दिनमा सेवा पाउनु हुनेछ ।’ उनले भने, ‘राजस्व मात्र तिर्नुपर्छ ।’

कार्यालयमै मौजात कर्मचारीबाटै उक्त सेवा दिने व्यवस्था मिलाइएको हो । सबै सेवा कार्यालय परिसरबाटै दिने लक्ष राखेको कार्यालयले पहिलो चरणमा राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फारम कर्मचारीले भरिदिने व्यवस्था मिलाइएको हो । योसँगै अनलाइन फारम बाहिरबाट पैसा तिरेर भर्नुपर्ने बाध्यता हटेको छ ।

यसअघि इलाममा रहँदा उनले सेवा प्रवाहलाई सहज बनाउन अनलाइन फारम कार्यालयका कर्मचारीबाटै भरिदिने व्यवस्था मिलाएका थिए । साथै क्युआर कोडमार्फत सुझाव सङ्कलन गरेर सेवाग्राहीको प्रशंसा बटुलेका थिए ।

  • १४ कार्तिक २०८०, मंगलवार १४:५४ प्रकाशित
  • Nabintech