३० बैशाख २०८१, आईतवार
विश्वकप छनौट : नेपाल र मलेसिया बिचको खेल सुरु
  • काँचुली खबर

१४ कात्तिक, काठमाडौं । आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत नेपाल र मलेसियाको खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोटको दोस्रो खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको सुखद सुरुवात गरेको घरेलु टोली नेपालले लगातार दोस्रो जित निकाल्ने दाउमा छ। मलेसियालाई हराउँदा नेपालको सेमिफाइनल यात्रा सहज हुनेछ।

नेपालले बिहीबार ओमानसँग खेल्नेछ। कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्।

फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।

  • १४ कार्तिक २०८०, मंगलवार १३:२० प्रकाशित
  • Nabintech