२८ बैशाख २०८१, शुक्रबार
खजुरा गाँउपालिकामा जग्गा नापजाँच सुरू
  • काँचुली खबर

१४ कात्तिक, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा जग्गा नापजाँचको काम सुरु भएकाे छ । खजुरा गाउँपालिकाकाे वडा नम्बर ६ सिमलघारीबाट भूमिहिन, दलित र अव्यवस्थित बसोबासीको जग्गा नाप्न सुरु गरिएको हाे ।

साेमबार खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर विकले उक्त कार्यकाे उद्घाटन गरेका छन । पालिकाले दलित सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुलाइ जग्गाको पुर्जा दिनकालागि नापजाँच कार्य सुरु गरेको जनाएकाे छ ।

अव्यवस्थित रुपमा लामो समय देखि जग्गा भोगचलन गर्दै आएका नागरिकहरुको लागि लालपुर्जा वितरण गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै गाउँपालिका प्रमुख विकले पाँच वर्षको कार्यकालमा खजुरा भरिका भुमिहीन, सुकुम्बासी र अब्यबस्थित बसोबासिहरुलाइ जग्गाको पुर्जा वितरण गरिने बताए ।

उनले भुमिहिन गाउँपालिकावासीलाई सम्पतिको मालिक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सार्वजनिक जग्गाको संरक्षण र भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न स्थानीय सरकारकाे पहिलो प्राथमिकता रहेको प्रमुख विककाे भनाई थियाे ।

  • १४ कार्तिक २०८०, मंगलवार ०९:०६ प्रकाशित
  • Nabintech