काठमाडौँ महानगरका मेयरको वरीयता घटाईने
  • काँचुली खबर

१३ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम घटाईने भएको छ । नयाँ मर्यादा क्रमानुसार काठमाडौँ महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको हो ।

यो प्रस्तावसहितको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ । सोमबामर समितिले प्रतिवेदनसहितको उक्त विधेयक मङ्गलवार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

हाल काठमाडौँ महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । अहिले दशौँ वरीयतामा काठमाडौं महानगर प्रमुखसँगै नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेशका मन्त्री, प्रधानसेनापतिलगायत छन् ।

हाल ११औँ नम्बरमा काठमाडौँबाहेक अरू सबै महानगरपालिका प्रमुखको वरीयता कायम छ । १३औँ वरीयतामा काठमाडौँ महानगर उपप्रमुखको वरीयता छ । काठमाडौँबाहेक अरू महानगरका उपप्रमुखको वरीयता १६औँ नम्बरमा छ ।

  • १३ कार्तिक २०८०, सोमबार १८:३७ प्रकाशित
  • Nabintech