२८ बैशाख २०८१, शुक्रबार
विश्वकप छनाैटकाे पहिलाे खेलमा नेपाल बिजयी
  • काँचुली खबर

१३ कात्तिक, काठमाडौं । टी-२० विश्वकप एसिया छनाैटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
  • १३ कार्तिक २०८०, सोमबार १२:१३ प्रकाशित
  • Nabintech