२८ बैशाख २०८१, शुक्रबार
कोहलपुर गोल्ड कपको ट्रफी सार्वजनिक, बिजेतालाई ८ लाख पुरस्कार
  • काँचुली खबर

१२ कात्तिक, कोहलपुर । यहि कात्तिक १५ देखि २२ गतेसम्म कोहलपुर गोल्डकपको दोस्रो संकरण संचालन हुने भएको छ । बाँकेको कोहलपुरस्थित तेह्र बिगाह मैदानमा हुने गोल्ड कपको आईतबार पत्रकार सम्मेलन मार्फत ट्रफी सार्वजनिक गरीएको छ ।

गत वर्षदेखी सुरु भएको गोल्ड कपको नाम परिमार्जन गरी मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० राखीएको छ । एक विदेशी सहित ८ टिमको सहभागीता रहने गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबले जनाएको छ ।

क्लबका सचिव नबकिरण शाहका अनुसार गोल्ड कपको बिजेताले ८ लाख नगद राशी प्राप्त गर्ने छ भने उपबिजेताले ४ लाख नगद प्राप्त गर्नेछ । यसका साथै प्रतियोगिताको म्यान अफ द सिरिजलाई पुरस्कार स्वरुप स्कुटर प्रदान गरीनेछ ।

यस पटक प्रतियोगिता स्थलमा प्याराफिटको समेत ब्यवस्था मिलाईएको शाहले बताए । प्रतियोगितालाई भब्य बनाउन प्याराफिट सहितका संरचना निर्माण गर्न लागिएको शाहले बताए । प्याराफिट निर्माण भएसँगै गोल्ड कप हेर्न चाहने दर्शकहरुलाई टिकटको समेत ब्यवस्था गरीको शाहले बताए ।

शाहका अनुसार प्याराफिटमा बसेर खेल हेर्न चाहने दर्शककालागि रु १०० र प्याराफिट बाहिरका दर्शकका लागी रु ५० टिकट दर कायम गरीएको छ ।

गोल्डकपकालागि आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लब, चर्च ब्याईज युनाईटेड, त्रिभुवन आर्मी क्लब, बि.एफ.सी. चितवन क्लब, गोर्खा ब्बाईज स्पोर्ट्स क्लब, सुदुरपश्चिम ११ स्पोर्ट्स क्लब, दुधौली स्पोर्ट्स क्बल र बिदेशी टिमका रुपमा एभिनियर एफ.सी क्यामरुनले सहभागीता जनाउने भएका छन ।

गोल्ड कपको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले १५ गते उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

  • १२ कार्तिक २०८०, आईतवार १७:५८ प्रकाशित
  • Nabintech