ईप्रका काेहलपुर अगाडि दुर्घटना, एक जनाकाे मृत्यु
  • काँचुली खबर

१० कात्तिक, काेहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडि मोटरसाइकल दुघर्टना हुँदा १ जनाकाे ज्यान गएकाे छ । शुक्रबार साँझ ४ बजेको समयमा नेपालगन्जबाट सुर्खेत तर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नेपालगन्ज ११ निवासी अमृत गुप्ताकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय काेहलपुरले जनाएकाे छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २७ को रनवीर चपाई घाईते भएका छन ।

प्रहरीका अनुसार तिब्र गतिमा रहेकाे माेटरसाईकल अनियन्त्रित भई ट्याक्टरमा ठाेक्किएकाे थियाे । नेपालगन्जबाट काेहलपुरतर्फ आईरहेकाे भे २ त २४३ नम्बरकाे ट्याक्टरलाई ओभरट्याक गर्न खाेज्दा भे ५ प ५०५ नम्बरको माेटरसाईकल ट्याक्टरमा ठाेक्किएकाे थियाे । ट्याक्टरमा ठाेक्किएर अनियन्त्रित भएकाे माेटरसाईकलले भे२प ८२८ नम्बरको अर्काे माेटरसाईकललाई समेत ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटना लगत्तै घाईते भएका दुबैलाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुर लगिएकाेमा उपचारकाे क्रममा गुप्ताकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

  • १० कार्तिक २०८०, शुक्रबार १७:५८ प्रकाशित
  • Nabintech