३ बैशाख २०८१, सोमबार
यू१९ कपको फाइनलमा पहिले ब्याटिङ गर्दै नेपाल
  • काँचुली खबर

७ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् ।

उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू-१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन् । त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू-१९ एसिया कपमा स्थान बनाएको छ ।

  • ७ कार्तिक २०८०, मंगलवार ०८:४६ प्रकाशित
  • Nabintech