नेपालका डा. प्रसाईंले चुमे विश्वकपको स्वर्णपदक
  • काँचुली खबर

५ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय स्पोर्ट्स कराते संघको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा गत अक्टोबर २० देखि २२ सम्म संचालन भएको प्रतियोगितामा नेपालको तर्फबाट डा. ओमकृष्ण प्रसाईले स्वर्ण पदक हात पारेका छन्।

विभिन्न चरण पार गर्दै डा. प्रसाईले आफ्नो विधा कुबुदोतर्फ स्वर्ण पदक हात पारेका हुन् । पदक प्राप्त गरेपछि निकै उत्साहित डा. प्रसाईले देशका लागि पदक भित्र्याउन पाउँदा गर्व महसुस गरेको बताए । प्रतियोगितामा अस्ट्रेलिया स्थित लिभरपुल सिटिका मेयर नेट मननले नेपाली खेलाडीहरुले उच्च प्रदर्शन गरेको भन्दै आफ्नो मन्तव्य क्रममा उच्च प्रशंसा व्यक्त गरेका थिए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

संसारभरका करिब ४१ रास्ट्र सम्मिलित प्रतियोगितामा मार्शल आर्ट्सका १७ विधा समाबेश गरिएको थियो । सो प्रतियोगितामा १२ सयको संख्यामा खेलाडी सहभागी भएका थिए । ४७ बर्षिय प्रसाईले सन २००६ मा साउथ अफ्रिकाको केपटाउनमा भएको विश्व च्याम्पियनसिपमा यसै विधामा कास्य पदक प्राप्त गरेका थिए ।

नेपाल कराते महासघंका उपाध्यक्ष समेत रहेका प्रसाईं खेलकुद क्षेत्रमा साढे तीन दशक देखि सक्रिय छन् ।

  • ५ कार्तिक २०८०, आईतवार १५:०२ प्रकाशित
  • Nabintech