काेहलपुरकाे न्युराेडस्थित पुजा घरमा फुलपाती भित्राईयाे
  • काँचुली खबर

४ कात्तिक, काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज बाँकेमा पनि विधिपूर्वक फूलपाती भित्र्याईएको छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

जसअन्तर्गत कोहलपुरको खुल्ला मैदानमा स्थापना गरीएको नवदुर्गा पुजा घरमा फुलपाती भित्राइएको हो । कोहलपुरको न्युरोडमा तयार पारिएको पुजा घरमा पहिलाे चाेटि फुलपातीका बिषेश सामाग्रि सहित फुलपाती भित्र्याइएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

फुलपातीलाई बजारका बिभिन्न भागहरुमा परिक्रमा गराई देवी स्थल रहेको खुल्ला मैदानमा भित्र्याइएको बेटर बाँकेका उपाध्यक्ष संजय मण्डलले बताए । कोहलपुरको न्युरोड, एनटिभि चोक, साझा चोक, पिपलचौतारा, गोलपार्क, दश बिगाहा, बसपार्क हुदै कोहलपुरका श्रद्धालु भक्तजनहरुको सहभागितामा भित्र्याइएको फुलपाती दुर्गा देवी स्थलमा बिषेश मन्त्रोच्चारणका साथ पुरोहित प्रेम गुरुले विशिष्ट स्थलमा राखेका थिए ।

  • ४ कार्तिक २०८०, शनिबार २१:१४ प्रकाशित
  • Nabintech