८ जेष्ठ २०८१, मंगलवार
गोरखा स्कुलका पूर्वविद्यार्थीहरुद्धारा ‘गुप्स अल्मुनाई संघ’ पुर्नगठन
  • काँचुली खबर

४ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका पूर्वविद्यार्थीहरूको भेलाले ‘गुप्स अल्मुनाई संघ’ पुर्नगठन गरेको छ । शनिबार विद्यालयमा भएको संघको दोस्रो भेलाले सन्दिप जंग शाहाको नेतृत्वमा ७ सदस्यीय कमिटि समेत चयन गरेको छ ।

कमिटिको सदस्यहरुमा रुपेश विष्ट, शिलु बस्नेत, समयम भण्डारी, प्रज्वल सुवेदी, कृष्ण खड्का र देबेन्द्र आचार्य रहेका छन । त्यसैगरी उपसमिति सदस्यहरुमा सागर पौडेल, शलव शाहा र लक्ष्मी बस्नेत चयन भएका छन । त्यसैगरी संघको सल्लाहकारमा विद्यालयका संचालक अध्यक्ष केशर बहादुर आले रहेका छन ।

६ वर्ष पहिले गठन भए पनि विभिन्न कारणले सक्रिय हुन नसकेको अल्मुनाईलाई पुनः गतिशिल बनाउन शनिबार भुतपुर्व विद्यार्थी भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरीएको विद्यालय प्रशासनले जनाएको छ । कार्यक्रममा गुप्स अल्मुनाईलाई फाउण्डेसनका रुपमा अघि बढाउने विषयमा ब्यापक छलफल गरीएको थियो ।

विद्यालयका संचालक अध्यक्ष केशर बहादुर आलेले विद्यालयले हालसम्म २२औं ब्याच मार्फत दक्ष जनशक्ती उत्पादन गरीसकेको जानकारी दिदैं राज्यको हरेक क्षेत्रमा राम्रो प्रभाव छाड्न पूर्व विद्यार्थीहरुलाई आग्रह गरेका थिए । पढाईलाई ब्यवहारीक जिवनमा लागु गर्न सकेमात्र आफुले आर्जन गरेको ज्ञान तथा सिपको उचित मुल्याङ्कन हुने बताउँदै आलेले युवा पुस्तामा सकारात्मक सोचको बिकास हुनुपर्ने बताए ।

पछिल्लो समय युवा पुस्तामा नकारात्मकता हाबी हुँदै गएको तर्फ लक्षित गर्दै आलेले भने, “नकारात्मक मानसिकताले कुनै पनि क्षेत्रमा सफल हुन सकिँदैन । युवा पुस्तामा सकारात्मक सोचको ह्रास हुँदै गईरहेको छ । सकारात्मक सोचले मात्र राज्यको सेवा गर्न सकिन्छ ।”

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, संचारकर्मी तथा पुर्व विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

  • ४ कार्तिक २०८०, शनिबार १६:३७ प्रकाशित
  • Nabintech