त्रिकोणात्मक सिरिज : हङकङलाई हराउँदै नेपाल फाइनलमा
  • काँचुली खबर

४ कात्तिक, काठमाडौं । नेपाल त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । उनले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

ओपनर कुशल भुर्तेललाई २ र आसिफ शेखलाई २० रनमा गुमाएको नेपालका लागि सोमपाल कामीले ८ र रोहित पौडेलले ११ रन बनाएका थिए । सन्दीप जोरा र गुल्सन झा समान १ रनमा नटआउट रहे ।

हङकङका हारुन अर्शद र मोहम्मद गजनफरले समान दुई विकेट लिए । आयुश शुक्ला र अजाज खानले समान एक विकेट झारेका थिए ।

  • ४ कार्तिक २०८०, शनिबार १४:३५ प्रकाशित
  • Nabintech