दसैँको अवसरमा चिसापानीमा सरसफाइ अभियान
  • काँचुली खबर

४ कार्तिक, काेहलपुर । विजया दशमीको अवसरमा बैजनाथ-१, चिसापानीस्थित पुरानो वस्ती थारुगाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

चिसापानी सडक बत्ती उपभोक्ता समितिको आयोजनामा आज (शनिबार) सरसफाइ अभियान सञ्चालन गरिएको होे ।

कार्यक्रममा प्रमुख अतिथि बैजनाथ-१ का वडाध्यक्ष रुपबहादुर मल्लले सरसफाइ अभियान राम्रो कामको सुरुवात भएको बताए । ‘यो अभियानले आफ्नो वरपरको फोहोर आफैंले सफा राख्नुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘हामी स्वास्थ रह्यौँ भने समाज र देश पनि स्वस्थ रहन्छ ।’

फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले ४० लाख छुट्याएको उनको भनाइ छ । व्यवसायीबाट फोहोर संकलकले दस्तुर उठाए पनि सर्वसाधारण नागरिकको फोहोर भने निःशुल्क उठाउने गरी सम्झौता भएको उनले बताए ।

उपभोक्ता समिति अध्यक्ष तुलसीराम चौधरीले समाजमा जनचेतना जगाउने उद्देश्यले सरसफाइ अभियान गरिएको बताए । आफूहरूले सडक बत्तीको शुभारम्भसँगै अन्य विभिन्न किसिमका सामाजिक कामहरू पनि गरिरहेको बताए ।

  • ४ कार्तिक २०८०, शनिबार ११:०५ प्रकाशित
  • Nabintech