१२ जेष्ठ २०८१, शनिबार
नेपालगन्ज कारागारमा एक कैदिकाे मृत्युु
  • काँचुली खबर

४ कार्तिक, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१० का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्याएको केहीबेरमा मृत्यु भएको कारागार प्रशासनले जनाएकाे छ ।

शुक्रबार अस्वस्थ भई भेरी अस्पताल पुर्याइएका कामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । कामी लामो समयदेखि अस्वस्थ रहेको र नियमित उच्च रक्तचापको औषधि खाँदै आएका थिए ।

जबर्जस्ती करणी मुद्दामा उनले २०७६ साउन २६ गते जिल्ला कारागार बाँकेमा कैद भुक्तान गरिरहेका थिए ।

  • ४ कार्तिक २०८०, शनिबार ०९:२५ प्रकाशित
  • Nabintech