महिला पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिन आग्रह
  • काँचुली खबर

३ कात्तिक, कोहलपुर । बाँकेका महिला पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन । शुक्रबार सञ्चारीका समुह बाँकेले कोहलपुरमा आयोजना गरेको अन्तरक्रियात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले संचार क्षेत्रमा महिलाहरुको उपस्थिती बढाउन क्षमता विकासमा जोड दिनुपर्ने बताएका हुन ।

नेपालीहरुको ठुलो पर्व दशैंको पुर्वसन्ध्यामा बाँकेको कोहलपुरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरीएको थियो । उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बाँके जिल्लाको शान्ति सुरक्षा, अमन चयन र सद्भावका विषयमा समेत चिन्ता र चासो ब्यक्त गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथी एवं कोहलपुर नगरपालिकाकी उप प्रमुख तथा न्यायीक समिती संयोजक संगिता सुवेदीले नेपाली संस्कार, संस्कृती र चाडपर्वहरुलाई जोगाई राख्नुपर्ने भन्दै चाडपर्वमा हुने दुर्घटना न्युनिकरणका निम्ति आम नागरिकहरु आफै सचेत हुनुपर्नेमा जोड दिईन ।

नेपाली पर्वहरुले भाईचाराको सम्वन्ध स्थापित गराउन ठुलो मद्धत गर्ने गरेको स्मरण गर्दै उपप्रमुख सुवेदीले स्थानिय सरकार पत्रकारहरुसँग समन्वय र सहकार्यमा काम गर्न कन्जुस्याई नगर्नेमा जोड दिईन ।

उनले महिला पत्रकारहरुलाई समाजमा अघी बढ्न निकै चुनौती रहेको बताउँदै महिला हस्ताक्षरहरु थप शशक्त रुपले अगाडी बढ्न हिम्मत हार्न नहुने बताईन । महिलाहरु विवाहपछि पेशाबाटै पलायन हुने अवस्थालाई चिर्न स्थानिय स्तरमा महिला पत्रकारहरुका लागि नगरपालिकाले प्याकेजमा कार्यक्रमहरु सञ्चालन गर्ने बताउँदै उपप्रमुख सुवेदीले पत्रकार र स्थानिय निकायको सम्बन्ध मजवुद पार्न आफुले विषेश भुमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरिन ।

कार्यक्रमका विशिष्ट अतिथी तथा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बाँकेमा सद्भाव कायम राख्न आफु सचेत रहेको बताए । बाँकेको सद्भावमा देखिएका कमि कमजोरीहरुलाई परिपुर्ति गर्नकालागी दिनहुँ सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया गरीरहेको बताउँदै पोखरेलले संचार क्षेत्रले समेत आपसी सद्भाव कायम राख्न खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । उनले संचार क्षेत्रलाई थप ब्यवस्थित र मर्यादित बनाउन समेत आग्रह गरेका थिए ।

राष्ट्रिय अखण्डतामा खलल पुर्याउने अधिकार कसैलाई नभएको भन्दै प्रमुख जिल्ला अधिकारि पोखरेलले पत्रकारहरुले कलम चलाउदा समेत सचेत हुनुपर्नेमा जोड दिए ।
्र
पत्रकारहरुलाई गुण र दोषका आधारमा समाचार बनाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सद्भाव खल्बल्याउन खोज्ने पत्रकार भएपनि अनुसन्धानको घेरमा पर्ने कुरा प्रष्ट पारे । सामाजिक सदभाव खल्बलाउने तत्वहरुको पहिचान गर्न बाँके जिल्ला प्रशासन सुक्ष्म अनुसन्धानमा लागिरहेको उल्लेख गर्दै पोखरेलले त्यस्ता ब्यक्तिहरुले समाजिक सञ्जालमा गर्ने गतिबिधिको समेत ट्र्याकिङ गरि पहिचान गर्ने र कारबाहिको दायरामा ल्याईने बताए ।

बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक सुवास चन्द्र बोहराले पत्रकारहरुलाई संयमीत भएर पत्रकारीता गर्न आग्रह गरे । उनले सकारात्मक सन्देस समाजलाई दिन पत्रकारहरुका कलमहरु चल्नुपर्नेमा जोड दिए । बाँकेलाई प्रहरीले अपराध मुक्त क्षेत्र बनाउन चाहेको र यसमा आम नागरीक र पत्रकारहरुको पनि उत्तिकै भुमिका रहेको औंल्याउदै प्रहरी प्रमुख बोहराले शान्ति, सुरक्षा, अमन चयनकालागि बाँके प्रहरी प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले पछिल्लो समय पत्रकारहरुले असुरक्षित महसुस गर्नुपरेको उल्लेख गर्दै जिल्लाका प्रमुख सुरक्षा निकायहरुले यस विषयलाई गम्भिरतापुर्वक लिनुपर्नेमा जोड दिए । उनले बाँकेमा महिला पत्रकारहरुको उपस्थिती न्युन मात्रामा रहेको चर्चा गर्दै महिला पत्रकारहरुको संख्यासँगै क्षमता विकासकालागी महासंघले बिभिन्न आर्कषक कार्यक्रमहरु ल्याउने तयारी गरीरहेको बताए ।

बाँकेमा स्थानिय जनप्रतिनिधि र पत्रकारहरुबिचको दुरी बढिरहेको उल्लेख गर्दै उपाध्यक्ष शर्माले आपसी सम्बन्धलाई मजबुद बनाउँदै समन्य र सहकार्यबाट अघि बढ्न स्थानिय सरकारका जनप्रतिनिधि र नेतृत्वको ध्यानाकर्षण समेत गराएका थिए ।

बडा दशैं, दिपावली, छट तथा नयाँ सम्बतका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका सचिव भिष्म लोध, नेपाली काँग्रेस बाँका सभापति नारायण गौडेल, नेकपा एमालेका लुम्विनी प्रदेश सदस्य गोपाल गिरी, ईलाका प्रहरी कार्यालय प्रमुख सुन्दर तिवारी, बाँके जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपिकृष्ण सुबेदी, जेशिस कोहलपुर अध्यक्ष ध्रुव आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

सञ्चारिका समुह बाँकेका अध्यक्ष रुपनि जिएमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पवित्रा परियारले गरेकी थिईन भने कार्यक्रममा कोहलपुरका २५ बढि क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

  • ३ कार्तिक २०८०, शुक्रबार १९:१८ प्रकाशित
  • Nabintech