दशैंकाे अवसरमा काेहलपुर २ नं. वडाद्वारा शुभकामना आदानप्रदान
  • काँचुली खबर

३ कार्तिक, काेहलपुर । नेपालीहरुको साँस्कृतिक पर्व दशैंको अवसरमा कोहलपुर नगरपालिका २ नं. वडा कार्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायतको अध्यक्षता तथा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथ्यतामा बिहिबार शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विजया दशमी तथा शुभ दिपावलीको अवसरमा वडाका सम्पूर्ण राजनितिक दल, व्यवसायी, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व वडा अध्यक्ष सहित वडा सदस्यहरुलाई सम्मान गरीएकाे थियो । कोहलपुर वडा नं. २ का वडा सदस्य तारादेवी सुनारले स्वागत मतव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन कोहलपुर २ का वडा सचिव चन्द्रा कुमारी तिवारीले गरेकी थिइन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा, टोल विकासको तर्फबाट पृर्थी बहादुर बुढा, विद्यालयहरुको तर्फबाट शिव शक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रिनाथ सापकोटा, सामुदायिक वनको तर्फबाट कृष्ण राना भाट, राजनितिक दलको तर्फबाट दल बहादुर विक लगायतले शुभकामना दिएका थिए ।

  • ३ कार्तिक २०८०, शुक्रबार ०९:३६ प्रकाशित
  • Nabintech