नेपालले हङकङलाई ६ विकेटले हरायो
  • काँचुली खबर

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ ।

हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

सुरुआती ब्याटिङ गरेको हङकङ ३ बल अगावै ९४ रनमा अलआउट भएको थियो ।

मुलपानीमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहित पौडेलको निर्णयलाई सहि सावित गर्दै तिव्र गतिका बलर करन केसीले ४ विकेट लिएपछि हङकङको ब्याटिङ लाइन धरासायी बनेको थियो ।

हङकङले नेपालको तिव्र गतिको बललाई खेल्नै सकेनन् । स्पिनरलाई समेत उनीहरुले झेल्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र अविनास बोहोराले समान दुई तथा कुशल मल्ल र मौषम ढकालले समान एक विकेट लिएपछि हङकङ ९४ रनमा समेटिएको हो ।

हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । जिसान अलीले १७ रन बनाए । अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।

  • २ कार्तिक २०८०, बिहीबार १३:५८ प्रकाशित
  • Nabintech