८ जेष्ठ २०८१, मंगलवार
जनज्योती स्कुलद्वारा बालबालिकालाई टीका जमरा
  • काँचुली खबर

१ कात्तिक, काेहलपुर । जनज्योती पब्लिक स्कुलले विद्यार्थीहरुलाई टिका र जमरा लगाएर शुभकामना दिँदै बुधबारबाट दशैं विदा दिइएको छ ।

हिन्दु धर्मावलम्वीहरुको महान चाड वडादशैंको अवसरमा विद्यालयले बुधबार  आफ्ना विद्यार्थीहरुलाइ दशैको टिका र जमरा लगाएर शुभकामना दिएको हो ।  स्कुलको प्राङ्गणमा अनौपचारिक कार्यक्रमको आयोजना गरी नवदुर्गा भवानीको पुजाआजा गरि सबै विद्यार्थीलाई टिका र जमरा लगाई शुभकामना दिएर विदा दिईएको जनज्योती पब्लिक स्कुलका प्रधानाध्यापक जनक चन्दले जानकारी दिए ।

हिन्दु धर्मावलम्वीहरुको महान चाड वडादशै, तिहार तथा छठको शुभकामना दिदै जनज्योति स्कुलले हरेक संकृति र चाहरुको महत्व र अस्तित्व जगेर्ना गर्न र नयाँ पढिलाई बुझाउन जरुरी रहेको भन्दै संस्कृती, सभ्यता, रिति रिवाजलाई जोगाईराख्न यो कार्यक्रम निकै नै महत्वपुर्ण भएको चन्दले बताए ।

  • १ कार्तिक २०८०, बुधबार २१:०८ प्रकाशित
  • Nabintech