बिदेश निर्यात हुन्छ बाँकेका थारु महिलाहरुको हस्तकला सामग्री
  • काँचुली खबर

१ कात्तिक, नेपालगन्ज । बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुन थालेका छन् ।

नेपालगन्जमा संङ्गठीत रुपमा थारु महिलाहरुद्वारा उत्पादित हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्ड लगायतका मुलुकमा निर्यात हुन थालेको नेपालगन्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले भनिन, ‘‘हामीले यहाँ उत्पादन गरेर सामग्री काठमाडौं पठाउँछौँ । त्यहाँबाट विदेश पठाउने काम हुन्छ, हस्तकलाका सामग्रीको माग बढ्दै गएको भए पनि माग अनुसारको सामग्री तयार गर्न सकिरहेका छैनौँ ।’’

अध्यक्ष चौधरीले ढकिया, पेन होल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रेल लगायतका सामग्रीको धेरै माग हुने गरेको बताए ।

थारू हस्तकलाका सामग्री लोप हुँदै जान थालेपछि व्यवसाय गरिएको जनाउँदै उनले यसबाट हस्तकलाको संरक्षण हुनुका साथै आम्दानीको राम्रो स्रोत बनेको बताए ।

चौधरीका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले दिएको तीन महिने ‘थारु हस्तकला उत्पादन’ तालिमपछि महिलाले हस्तकलाका सामग्री उत्पादन गर्दै बिक्री गर्न थालेका हुन् ।

हस्तकलाको काम गर्न थालेपछि आम्दानी बढ्दै गएको हुँदा दुई चार हजारका लागि श्रीमानको भर पर्न नपर्ने नेपालगन्ज उपमहानगरपालिका–१२ निवासी सरिता चौधरीले बताए ।

उनले भनिन, ‘‘उत्पादित वस्तुको बजार अभाव छैन, जति उत्पादन गरे पनि बजारमा खपत हुन्छ, अहिले त विदेश पनि जान थालेको छ, राम्रो आम्दानी हुन थालेकाले उत्साहित भएका छौं ।’’

सरिताका अनुसार घरमै बसेर थारु महिलाले मासिक १५ देखि २५ हजार रुपियाँभन्दा बढी आम्दानी गरिरहेका छन् । मेहनत अनुसार कुनै महिना त्योभन्दा पनि बढी आम्दानी हुने गरेको उनको भनाइ छ ।

नेपालगन्ज-१२ की विद्या थारुले हस्तकलाका सामग्री बनाउन लाग्ने समयको आधारमा सामानको मूल्य तोक्ने गरिएको बताए । उनका अनुसार अहिले एउटा सामानको मूल्य तीन सय रुपियाँदेखि सुरु हुन्छ र सामान अनुसार बढ्दै जान्छ ।

अधिकांश महिलाले जङ्गलबाट कुश, खर ल्याएर हस्तकलाका सामग्री बनाउने गरेको थारु महिलाले जनाएका छन् ।

-गोरखापत्रबाट

  • १ कार्तिक २०८०, बुधबार १५:५७ प्रकाशित
  • Nabintech