एकै दिन ११४ अन्तर्राष्ट्रिय उडान-अवतरण, बन्यो कीर्तिमान
  • काँचुली खबर

३० असोज, काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ ।

यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडानरअवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडानरअवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

एक दिनमा यो विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ ।

सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन् । आन्तरिकतर्फ समेत वायुसेवा कम्पनीहरुले अहिले एकतर्फी झण्डै शतप्रतिशत अक्कुपेन्सीमा उडान गरिरहेका छन् ।

  • ३० आश्विन २०८०, मंगलवार १४:३७ प्रकाशित
  • Nabintech