प्रेस चौतारी कोहलपुरको अध्यक्षमा रिजाल चयन
  • काँचुली खबर

२८ असोज, कोहलपुर । प्रेस चौतारी कोहलपुर नगर समितिको अध्यक्षमा प्रमोद रिजाल चयन भएका छन । आईतबार कोहलपुरमा सम्पन्न प्रथम भेलाले रिजालको नेतृत्वमा ९ सदस्य नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा ईश्वर पौडेल, महिला उपाध्यक्षमा ज्ञानु थापा, सचिवमा रवि रोकाय, सह सचिवमा विजय परियार र कोषाध्यक्षमा सजन कुमार (आरसि) चयन भएका छन । त्यसैगरी सदस्यहरुमा देवी सुनार, क्षितिज मगर र टार्जन वलीलाई सर्वसम्मत चयन गरीएको प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले जनाएका छन ।

नगर स्तरीय भेला तथा प्रथम अधिबेशनको उद्घाटन शत्रमा प्रमुख अतिथी बाँके क्षेत्र नं. १ का सांसद सुर्य प्रसाद ढकालले देश चरम आर्थिक उत्कर्षमा पुगेको बताउदै सरकारी पक्षबाट हुने क्रियाकलापहरुलाई सुक्ष्म रुपले नियालेर जनता सामु ल्याउन पत्रकार जगत समक्ष अनुरोध गरेका थिए ।

राज्यले उत्पादनमुखि कार्यक्रमहरु समयमा नल्याउने हो भने नेपालीहरु विगठनको संघारमा जाने दावि गर्दै साँसद ढकालले आफु निर्वाचित भईसकेपछि बाँके क्षेत्र नं. १ को विकासका लागि बिभिन्न मन्त्रालय र बिभागहरुमा गई पटक पटक ध्यानाकर्षण गराईरहेको बताए । आफ्नो क्षेत्रका जनतालाई विकासको गति सुस्त रहे निरन्तर खबरदारी गरिरहन समेत उनले आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा कोहलपुर नगर कमिटी ईन्चार्ज मोहम्मद हारुनले प्रेस चौतारी बाँके पत्रकारिता क्षेत्रको ईतिहास समेत भएको उल्लेख गर्दै चौतारी संबद्ध पत्रकारहरुलाई रचनात्मक कार्यमा लाग्न आग्रह गरे । उनले अहिले गैर पत्रकारहरुको हालि मुहाली चलिरहेको भन्दै केन्द्रि सदस्य हारुनले चौतारीले खबरदारि गर्न ढिला गर्न नहुनेमा जोड दिए ।

प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराईको स्वागत मन्तब्यसंगै शुभारम्भ गरिएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य गोपाल गिरी, प्रेस चौतारीका पुर्व केन्द्रिय उपाध्यक्ष शिव डोटेल, नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष नम प्रसाद शर्मा, कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी, प्रेस चौतारीका नेताहरु भेषराज वस्नेत, डिल प्रकाश घिमिरे, हेमन्त वि.क., नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकाल, प्रेस सेन्टर कोहलपुर नगर कमिटी अध्यक्ष पुष्पराज हमाल लगाएत अतिथीहरुले चौतारीको प्रथम अधिवेशनको सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षमा आयोजित कार्यक्रमको सञ्चालन सचिव कमल डाँगिले गरेका थिए भने कार्यक्रममा कोहलपुर क्षेत्रका क्रियाशिल पत्रकार जिल्ला स्थित बिभिन्न पत्रकारका नेता नेकपा एमाले सम्बद्ध नेताहरुको सहभागिता रहेको थियो ।

  • २८ आश्विन २०८०, आईतवार १७:३७ प्रकाशित
  • Nabintech