काेशीमा सत्ता गठबन्धनलाई नै निरन्तरता दिन शिर्ष नेताहरू सहमत
  • काँचुली खबर

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाएका छन् ।

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. शेखर पक्षले विद्रोह गरेका थियो ।
उनका विश्वासपात्र केदार कार्कीले कांग्रेसका ८ प्रदेश सांंसद र एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । शनिबार ४७ जनाले हस्ताक्षर सनाखत गरेसँगै कार्की कोशीको मुख्यमन्त्री बनेका छन् ।
कोशीमा प्रदेश सांसदहरुको सनाखत भइरहँदा बालुवाटारमा भने सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको थियो । बैठकमा सत्ता गबन्धनलाई कायमै राख्ने सहमति भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कोइरालाले लिखित सहमति नै गरेका छन् । जसमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र प्रष्ट छौं र, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुने दिने छैनौं ।’
  • २७ आश्विन २०८०, शनिबार ११:३२ प्रकाशित
  • Nabintech