कोहलपुरमा बजार अनुगमन, तिन ब्यवसायीलाई कारवाही
  • काँचुली खबर

२६ असोज, कोहलपुर । दसैं-तिहार नजिकिएसँगै बजार अनुगमनलाई बाँकेमा तिव्र पारिएको छ । पछिल्लो पटक जिल्लाको दोस्रो ठूलो सहर कोहलपुरमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित र भन्सार छलीका सामान विक्री गर्ने व्यवसायीलाई कारवाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख विष्णुप्रसाद धितालले म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित र भन्सार छलीका सामान विक्री गर्ने तीन जना व्यवसायीलाई जरिवानासहित कारबाही गरिएको बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले कारबाही पर्नेमा कोहलपुर-११ सुर्खेतरोडस्थित विशाल एण्ड विवश जनरल स्टोर, गण्डकी जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्स र न्यू गण्डकी डिपार्टमेन्टल स्टोर रहेको बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अनुसार पसलमा अनुगमन गर्दा भन्सार छलीका सामानहरू भेटिएपछि तत्काल जरिवाना गरिएकोमा स्टोर सञ्चालकले जरिवानापत्र बुझ्न इन्कार गरेपछि जरिवानाको सूचना टाँसगरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

सो कार्यालयले विशाल एण्ड विवश जनरल स्टोरमा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित तथा विशेषगरी खाद्यान्न, पेय पदार्थको म्याद गुज्रिएको र भन्सार छली गरेको पाइएको एवं प्रतिबन्धित सुर्तीजन्य पदार्थ पनि फेला परेको जनाएको छ ।

यसैगरी गण्डकी जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्स र न्यू गण्डकी डिपार्टमेन्टल स्टोरमा म्याद गुज्रिएका करिब १२ हजार रुपियाँ बराबरको सामान नष्ट गरिनुका साथै १०-१० हजारगरी २० हजार रुपियाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख धितालले बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय र इलाका प्रशासन कार्यालय कोहलपुरसहितको संयुक्त अनुगमन टोलीले कोहलपुर बजारमा अनुगमनलाई हाल तिव्र पारेको छ ।

कोहलपुर ईलाका प्रहरी कार्यालयका अनुसार बजारमा म्याद गुज्रिएका अखाद्य, भन्सार छलेर ल्याइएका अवैध र प्रतिबन्धित सामानहरु खुला रुपमा विक्री भइरहेको सूचना प्राप्त भएपछि अनुगमनलाई निरन्तरता दिइएको हो ।

उपभोक्ता हित सरंक्षण मञ्च बाँकेका प्रभातसिंह ठकुरीले चाडपर्व आएका बेला बजार मूल्यमा एकरुपता नहुने, अखाद्य खुला रुपमा विक्री गर्ने, प्रतिवन्धित सामान पनि ल्याउने तथा म्याद गुज्रिएका स्वास्थ्यका लागि अति नै हानिकारक खाने सामान विक्री हुनेगरेको पाइएकाले नेपालगन्ज र कोहलपुरमा अनुगमनलाई निरन्तर जारी राख्नु पर्ने माग गरे ।

  • २६ आश्विन २०८०, शुक्रबार १५:३३ प्रकाशित
  • Nabintech