शान्ति सम्झौताका सहयात्रीमै शान्तिप्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखापर्यो : प्रधानमन्त्री प्रचण्ड
  • काँचुली खबर

२५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताएका छन ।

द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले “संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो” विषयिक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र बुझ्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन ।

केही मान्छेहरू द्वन्द्वका कारण केही सिमित व्यक्ति मात्रै पिडित भएका हुन् जसरी प्रचारमा लाग्ने गरेको र विश्व समुदायलाई भ्रममा पार्न सकिन्छ कि भनेर प्रसाय गरी राखेको प्रधानमन्त्रीले बताए । तर आफ्नो प्रयासले हजारौं हजार नागरिक, आम रूपमा न्याय भयो कि भएन भन्ने विश्व समुदायको ध्यान आकर्षित गरेको उनले बताए ।

संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो विषयिक छलफल राखेर सहिद ब्यपत्ता योद्धा यतना पीडित र पीडित सदस्यहरूले लिएको पहलप्रति प्रधानमन्त्री प्रचण्डले धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्ति प्रक्रिया टुंग्याउने विषयलाई पेचिलो बनाउने प्रायस भै राखेको छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन निकै सकस पैदा गर्ने कोशिस भैराखेको छ । पछिल्लो समय सदनका बसह हेर्नु भएकै छ, शान्ति सम्झौताका सहयात्री नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।’

विभिन्न चुनौतिकाबीच आफुले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित बनेका सबैका समस्या समाधन र उनीहरूका पिडा पक्षविपक्ष नभनेर समाधान प्रयास गरिराखेको बताए । उनले द्वन्द्व पीडित प्रहरीका परिवारलाई पनि आफुले भेटेको जानकारी दिए ।

पछिल्लो समय आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा वातावरण परिर्वतनका कारणले नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान जाने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्रीले बताए ।

उनले भने, ‘मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने बताउँदै सम्बोधन गर्दा अन्तर्राष्ट्रिय रूपमा नै तरगित भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले र्बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको छैन । पुरै बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।’

आफुले महासभामा नेपालको संक्रमणकालिन न्याय प्रक्रिया टुंगो लगाउँदा त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकोले सबैले नेपालको शान्ति प्रक्रिया टुंग्गोमा पुर्याउन मदत गर्नुपर्ने धारणा राखेको बताए ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा आफुले महासचिव एन्टोनियो गुटरेसलाई नेपालले जलवायु परिर्वतका कारण भोगेको समस्या र नेपालको शान्ति प्रक्रियाका साथै पीडितहरूको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको बताए । इजरायलमा भएको द्धन्द्धका कारणले उन अक्टोवर १३ को सट्टा २९ तारिकको दिन नेपाल आउने जानकारी समेत दिए ।

महासचिव गटरेससँग नेपालको शान्ति प्रक्रिया र चुनौती बारेमा छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले उनको नेपाल भ्रमणले न्याय प्रक्रिया टुंगो लगाउन, नेपालको शान्ति प्रक्रिया नजिकबाट हेर्न, नेपालले भोगिराखेको वातावरणीय समस्या र यसको प्रभावबारे बुझ्न मदत गर्ने बताए । महासचिव आएपछि नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन र नेपालले भोगेको वातावणीय प्रभावबारे सकारात्मक वातावरण बन्ने बताए ।

महासचिव नेपाल भ्रमणमा आउँदा आफुले पीडितहरूले आफ्नो विषय राख्ने र पीडितहरूका अनुभव र पिडाका विषय महासचिवसमक्ष नै सुनाउने वातावरण बनाउने तर्फ सोचिराखेको समेत बताए ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले अहिले टिआरसी सम्बन्धि विधेयक संसद हुँदै समिति हुँदै उपसमितिमा गएको जानकारी दिए । साथै शान्ति प्रक्रियालाई राजनीतिक लेवलमा यसअघि भएका सहमति अनुसार टुंगोमा पुर्याउन निरन्तर छलफल गरेको समेत उनले बताए ।

प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रियालाई राजनीतिक लेवलमा यसअघि भएका सहमति अनुसार टुंगोमा पुर्याउन निरन्तर छलफल गरिराखेको छु । राजनीति दलहरुसँग टिआरसी विधेकमा सहमति जुटाएर एकमत कायम गर्न शान्ति प्रक्रियाका सबै दल र अरूलाई पनि समेटेर लैजाने प्रयास गरिरहेको छु । टिआसी टुंगोमा पुर्याउन प्रतिपक्षी दललाई समितिका ३ वटा सभापति दिइएको छ । तर शान्ती प्रक्रिया टुंगोमा पुर्याउन माओवादी र सरकार जस्तो इमान्दार प्रतिपक्ष दल भैराखेको छैन ।’

शान्ति प्रक्रिया टुँगोमा पुर्याउने र जनयुद्धलाई स्थापित गर्ने कुरामा आफु दृडतापूर्वक लागेको बताउँनुहुँदै प्रधानमन्त्री प्रचण्डले यसमा सबैको साथ सहयोग आवश्यक रहेको बताए ।

आफुले जनयुद्ध र शान्ति प्रक्रियालाई स्थापित गर्न थालेपछि प्रधानमन्त्री भैराखेको बेलामा शान्ति सम्झौतको मर्म विपरित आफुलाई मुद्दा दर्ता गरिएको उनले बताए । त्यस किसिमका गतिविधि कुनै व्यक्ति प्रति लक्षित नभइ समग्र परिर्वतनको आन्दोलनप्रतिको आक्रमणको रुपमा बुझन् उनले आग्रह गरे ।

त्यसैले जनयुद्ध र परिर्वतको आन्दोलनमा सहभागी सबै एकजुट हुने बेला आएको प्रधानमन्त्रीको भनाई थियो । जुन एकताले शान्ति प्रक्रियालाई न्यायपूर्ण ढंगले टुंगो पुर्याउन मदत गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले भने, ‘सबै एक ठाउँमा जुटेर फेरि विभाजनका भंगालाहरु एक भएर अगाडि बढौं, त्यो बेला अहिले आएको छ । सबैका त्याग, बलिदान र त्यसबाट प्राप्त अनुभव सबैका भएको महशुस गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ ।’

आफुले त्यसैको प्रयास स्वरुप समाजवादी मोर्चा बनाएको समेत प्रधामन्त्रीले बताए । सकारात्म शक्तिसँगै नकारात्मक प्रवृत्ति पनि उसैगरी सक्रिय भएको हुने बताउँदै उनले साम्प्रदायिकता र धार्मिक द्वन्द्व फैलाउन कोसिस गर्नेहरुलाई पराजित गर्न पनि एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याए ।

  • २६ आश्विन २०८०, शुक्रबार १४:०७ प्रकाशित
  • Nabintech