२५ असोज, कोहलपुर । राप्तीसोनारी गाउँपालिका वडा नं. ९ खैरीकी हरीकला खड्काले डालेघाँसको विउ र विरुवा उत्पादन गर्दै आएको पाँच वर्ष भयो । अहिले पनि खड्काले वर्षेनी डालेघाँस र भुइघाँसको बिउ तथा विरुवा उत्पादन गर्दै आएकी छिन ।
२०७५ सालमा हेपर इन्टरनेशनलको आयोजनामा चितवनमा भएको डालेघाँस उत्पादन तथा नर्सरी व्यवस्थापन तालिममा सहभागी भएर डालेघाँस तथा भुईघाँसको विउ तथा विरुवा उत्पादन गर्दै आएकी खड्काले डालेघाँसको विउ तथा विरुवा विक्री गरेर वार्षिक ४ लाखसम्म आन्दानी गर्दै आएकी छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
खड्काले हाल डालेघाँसको विउ तर्फ भट्मासे, बकाइनो, इपिलइपिल, कोइरालो, टाकी ,सिटलेस, किम्बु र बडहरका विउ तथा विरुवा उत्पादन तथा विक्रि वितरण गर्दै आएकी छिन । उनले भुईघाँस तर्फ सुपर नेपियर, रेड नेपियर, नेपियर, मुलाटो पासपलम, सुम्बा सोदिन लगायतका घाँसका विरुवाहरु उत्पादन गर्दै आएको बताइन ।
आर्थिक वर्ष २०७९-०८० मा ७५ हजार विरुवा विक्री गरेर ४ लाख रुपैयाँ आम्दानी भएको खड्काले बताइन । ‘विगतमा धेरैमात्रमा विरुवा बचेरकी थिएँ’, उनले भनीनन, ‘त्यो बेला ५-६ लाख रुपैयासम्म आम्दानी भएको थियो तर यसपटक ४ लाख जति आम्दानी भयो होला ।’
उनले डालेघाँसको विरुवा बाँके, बर्दिया, सुर्खेत तथा रोल्पासम्म पठाउने गरेको बताइन । आफुलाई राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित सघर्षशिल सामाजिक उद्यमी महिला सहकारीकाले तालिमको लागी चितवन पठाएपछि तालिममा सिकेर डालेघाँसको विउ तथा विरुवा उत्पादन गर्न सुरु गरेको बताउने खड्काले हाल बि.बि. कृषि तथा नर्सरी फार्म स्थापना गरि व्यवसायिक रुपमा डालेघाँसको तथा भुईको विउ तथा विरुवा उत्पादन गर्दे आएकी छन ।

खड्काले हाल ६ कट्ठा क्षेत्रफलमा डालेघाँस, १ कट्ठामा माउ किम्बुको बिरुवा उत्पादन गरिरहेकी छिन भने करिब ५ बिगाह जग्गा ठेक्कामा लिएर भुइँघाँस उत्पादन गरिरहेकी छिन । ‘सुरुमा त हुँदैन कि भनेर चिन्ता लागेको थियो तर विस्तारै सफल हुदै गएँ, अहिले खुसी लाग्छ’ मुस्कुराउदैन उनले भनिन ।
धानखाने जग्गामा घाँस रोपी भनेर धेरैले आलोचना गरेपनि आफुले तलिममा सिकेको कुरा लागु गरेर जसरी पनि सफल हुनुपर्छ भन्ने सोच बनाएर अघि बढेकी खड्कालाई श्रीमानले समेत साथ दिएका छन । ‘आज विभिन्न जिल्लामा डालेघाँसका विरुवाहरु पठाउन पाउँदा गर्व महसुस भएको छ, यो अवसर जुटाइदिने हेफर इन्टरनेशनललाई धेरै धन्यवाद छ’ उनले भनिन ।

४० वर्षीय खड्काले बि.बि. बाख्रा पालन फार्म स्थापना गरेर व्यवसायिक रुपमा बाख्रा पालन समेत गर्दै आएकी छन ।
उनका श्रीमान बिर वहादुर खड्काले डालेघाँसको बिउ तथा बिरुवा उत्पादन गरेर विभिन्न जिल्लाका स्थानीय तहहरुमा बिक्री गर्दै आएको बताए । ‘हामीले विगत ५ वर्षदेखि डालेघाँसको बिरुवा र बिउ उत्पादन गदै आएका छौ, भुइँघाँस पनि उत्पादन गरिरहेका छौ’ बिर बहादुरले भने, ‘अब भैसीपालन व्यवसाय पनि गर्ने कि भन्ने सोच छ ।’
तर अहिलेसम्म कुनै निकायबाट सहयोग पञप्त नभएको खड्का दम्पत्तीले गुनासो गरे ।
२५ आश्विन २०८०, बिहीबार १६:०८ प्रकाशित