२४ असाेज, काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जमा नेपालले अफगानिस्तानलाई हराएको छ ।
बुधबार कोलम्बोमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हराएको हो ।
पहिलो सट २५-१९ ले जितेको नेपालले दोस्रो सेट १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२२ ले जितेको नेपालले चौथौं सेट २१-२५ ले गुमाएको थियो ।
पाँचौं तथा अन्तिम सेटमा १५-१० को सेटमा जित निकाल्दै नेपालले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।
नेपालले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने दोस्रो खेलमा आयोजक श्रीलंकासँग पराजित भएको थियो ।
नेपालको राष्ट्रिय भलिबल टिमले लिगको चौथौं खेलमा शुक्रबार साउदी अरबसँग खेल्नेछ ।
एसियन गेम्समा सहभागी भएर नेपाल फर्किएको टोली काभा च्यालेन्ज कप खेल्ने श्रीलंकामा छ ।
नेपालको पुरुष भलिबलले काभा च्यालेन्ज कपमा पदक जित्ने लक्ष्य राखेको छ ।
२४ आश्विन २०८०, बुधबार २०:०६ प्रकाशित