२२ असोज, काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ ।
उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।
नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धा गरिएको छ ।
यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धार गरिएकाहरूको नाम र नेपालको ठेगाना:
रमेशबहादुर कार्की : बडिमालिका ७, बाजुरा
बिनोद प्रसाद शाह : गढिमाई ४, रौतहट
आभास भट्टराई : टीकापुर १, कैलाली
नरेश सिंह भण्डारी : कृष्णपुर २, कञ्चनपुर
लोकेन्द्र बिष्ट : मष्टामाण्डु ८, डडेल्धुरा
रोहित नायक : टीकापुर ६, कैलाली
निरञ्जन कुमार कुसहवा : पिपरीया ४, रौतहट
अरबिन कुमार चौधरी : दोधारा ९, कैलाली
उपेन्द्र जिसी : टीकापुर ९, कैलाली
ओमप्रकाश उपाध्याय : धनगढी २, कैलाली
गणेश साउद : लम्कीचुहा १, कैलाली
बादल सुवेदी : घोराही ४, दाङ
प्रविण जिसी : सिम्ता २, सुर्खेत
गणेशप्रसाद जोशी : मेलौली ५, बैतडी
नबिन घिमिरे : बंगलाचुली ३, दाङ
श्रेया तिवारी : रत्ननगर ४, चितवन
बिपना जोशी : लम्किचुहा ७, कैलाली
नारायण भुसाल : पयुं ५, पर्वत
मनिषा खनाल : रेसुंगा २, गुल्मी
लुईस रिजाल : गेरुवा ६, बर्दिया
प्रमोद भट्ट : मेलौली ९, बैतडी
अनुप अधिकारी : कमलामाई २, सिन्धुली
समपर्ण आचार्य : तुल्सिपुर १२, दाङ
निश्चल पाण्डे : टीकापुर १, कैलाली
बिभुसा अधिकारी : भरतपुर १५, चितवन
सुस्मा रेग्मी : बान्निगढी जैगढ २, अछान
रचना चौधरी : टीकापुर १, कैलाली
आशा मिश्र : लम्किचुहा ९, कैलाली
कल्पना जोशी : गोदावरी २, कैलाली
शिला कुमारी यादव : बढियाताल ३, बर्दिया
साधना बोहरा : त्रिवेणी ५, सल्यान
बिपिन सुवेदी : त्रिपुर ५, दाङ