२१ असाेज, काेहलपुर । बाँकेको कोहलपुरमा रहेकाे जनविश्वास बहुमुखी सहकारी संस्थाले २१औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीकै भवन परिसरमा साधारणसभा सम्पन्न भएकाे हाे ।
बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुर्य ढकालले साधारणसभाकाे उद्घाटन गरेका थिए । उद्घाटनशत्रमा बोल्दै प्रमुख अथिती ढकालले आर्थिक मन्दीका बिचमा पनि जनविश्वास सहकारी संस्थाले आफ्नो विश्वास टुट्न नदिई शेयर सदस्यहरुको मन जित्न सफल भएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा समेत थप सफलताकाे शुभकामना दिएका थिए ।
पछिल्लाे समय ठुला र धेरै लगानि गरेका भनिएका सहकारीहरू धारासायी भएर दिनप्रतिदिन भाग्ने क्रम बढिरहेकाे प्रसंग उठाउँदै ढकालले सहकारीबाट ठगिएका ब्यक्तिहरूकाे पक्षमा आफुले निरन्तर रूपमा सँसदमा आवाज उठाईरहेकाे बताए ।
सहकारी सम्बन्धि फितलाे ऐनका कारण धेरैले दु:ख खेप्नुपरेकाे ढकालकाे भनाई थियाे । उनले देशैभर सहकारीबाट ठगिएका बचतकर्ताहरूलाई उनिहरूकाे पैसा फिर्ता गराउने प्रक्रिया अगाडि बढेकाे दावि गर्दै ढिलाे चाँडाे सबैले न्याय पाउने बताए ।
कार्यक्रममा बाेल्दै संविधानसभा सदस्य देवराज भारले जनबिश्वास सहकारीले जनताले मन जित्दै आएकाे बताए । राजनैतिक दलका प्रतिनिधिहरूकाे सक्रियतामा उक्त सहकारी स्थापना गरीएकाे स्मरण गर्दै भारले सानाे आकारबाट सुरू भएकाे सहकारी अहिले विशाल स्वरूपमा परिणत भएकाे भन्दै खुसि ब्यक्त गरे । उनले स्थानियस्तरबाटै संचालन गरीएकाे र सबै संचालक समेत स्थानिय नै भएकाले सबै शेर सदस्यहरुलाई ढुक्कले उक्त सहकारीलाई आत्मसात गर्दै अगाडि बढ्न आग्रह समेत गरे ।
कार्यक्रममा काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, बहुउद्देश्यीय सहकारी संघ बाँके अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारी, उद्योग वाणिज्य संघ काेहलपुरका अध्यक्ष लक्ष्मण प्रसाद पाैडेल, संस्थाका प्रमुख सल्लाहकार हाेम प्रकाश सुवेदी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट ४ जना कर्मचारीलाई सम्मान गरीएकाे थियाे । त्यसैगरी उत्कृष्ट बचतकर्ताहरूलाई समेत सम्मान गरीएकाे थियाे ।
साधारणसभाकाे उद्घाटनसत्रमा संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद शर्माले वार्षिक प्रतिवेदन तथा बजेट, नीति र कार्यक्रम पेश गरेका थिए । बन्दसत्रमा उक्त प्रतिवेदन पारित गरीएकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत माधब पोखरेलले जानकारी दिए ।
५८ जनाको सक्रियतामा सानो शेयर पुँजिबाट शुरु भएको सहकारीले स्थापनाकाे २५ वर्षकाे अवधिसम्म आईपुग्दा ३ हजार ६ सय ४० जना शेयर सदस्य बनाउन सफल भएकाे पोखरेलले बताए । बाँके जिल्लाको कोहलपुर नगरपालिकाका विभिन्न ठाउँमा आफ्नो कार्यक्षेत्र विस्तार गरी सेवा प्रवाह गर्दै आएको उक्त सहकारीले अहिले काेहलपुरसँगै सम्झना सेवा केन्द्रबाट पनि सेवा प्रवाह गर्दै आईरहेकाे छ ।
आर्थिक मन्दिको संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको विषम परिस्थीतीमा समेत सहकारीले यस वर्ष सम्पुर्ण खर्च कटाएर १७ लाख ७६ हजार ६२ रुपैयाँ बचत गर्न सफल भएको पाेखरेलले बताए ।
२१ आश्विन २०८०, आईतवार ०९:११ प्रकाशित