राजश्व छली मुद्दामा नेपालगन्जका कुतबुद्दिन शेष पक्राउ
  • काँचुली खबर

१८ असोज, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ बस्ने कुतबुद्दिन शेषलाई झन्डै ४ करोड राजश्व चुहावटको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका ४ घर भई हाल उनी नेपालगन्ज बस्दै आएका थिए । ३६ वर्षका शेषलाई कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरूद्ध नेपाल पान मसला उद्योग चलाउँदा ३ करोड ९९ लाख १० हजार ९०३ रुपैयाँ राजश्व छलेको मुद्दा छ। उक्त मुद्दामा उच्च अदालत तुलसीपुरले शेषलाई ६ महिना कैदसँगै विगो र जरिवाना गरी उनीबाट ५ करोड ९८ लाख ३६ हजार ३ सय ५५ रुपैयाँ असुल्न आदेश दिएको थियो।

  • १८ आश्विन २०८०, बिहीबार १८:०७ प्रकाशित
  • Nabintech