सोमपाल र करण बने आईएमई पेको ब्राण्ड एम्बेस्डर
  • काँचुली खबर

१८ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका दुई तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर भएका छन् ।

कामठाडौंमा बिहीबार भएको कार्यक्रममा आईएई पेले उनीहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा सम्झौता गरेको छ ।

ब्राण्ड एम्बेस्डर बनेर उनीहरुले आईएमई पेको बजार प्रवर्द्धनमा सघाउने छन् भने उनीहरुले वर्षको जनही ५ लाख रुपैयाँ पाउने छन् ।

नेपाल क्रिकेट संघ क्यानको टिकटिङ पार्टनरका रुपमा दुई वर्षको लागि सम्झौता गरेको आईएमई पेले दुई बलरहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा पनि सम्झौता गरेको हो ।

  • १८ आश्विन २०८०, बिहीबार १७:५६ प्रकाशित
  • Nabintech