नेपालगन्जमा कर्फ्यु खुकुलो बनाउँदै सद्भाव र्‍याली गर्ने निर्णय
  • काँचुली खबर

१७ असोज, नेपालगन्ज । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दलहरु, सुरक्षा निकाय, स्थानीय नागरिक सरोकारवालाहरुले गरेका हुन् ।

सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बैठकमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेय, गृहसचिव लालबाबु कबारी, प्रतिनिधिसभा सदस्य धवल शमशेर राणा, प्रदेश सांसद कृष्णा केसी, पूर्व शहरी विकासमन्त्री इश्तियाक राई, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डिआइजी उमेश राज जोशी, सशस्त्र प्रहरी डिआइजी अभि कुमार खत्री सहभागी थिए।

जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्था, विभिन्न धार्मिक गुरुहरू तथा मुस्लिम अगुवा र हिन्दु अगुवाहरू लगायतको उपस्थितिमा भएको छलफलले सद्भाव र्‍याली आयोजना गर्ने निर्णय समेत गरेको छ ।

  • १७ आश्विन २०८०, बुधबार १८:१२ प्रकाशित
  • Nabintech