१० असोज, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले भोली (बिहीबार) नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद डे को अवसरमा बिदा दिइएको उपमहानगरले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोरखबहादुर थापाद्वारा जारी सूचनामा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर अल्लाह अलैवसल्लामको १४४५औँ जन्म जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीले नेपालसहित विश्वभर उल्लासका साथ मनाउन गइरहेका हुँदा नेपालगञ्ज क्षेत्रका सम्पूर्ण विद्यालयमा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जारी सूचनामा नेपालगञ्ज क्षेत्रका सबै धार्मिक विद्यालय (मदरसा, गुरुकुल), सामुदायिक विद्यालयहरू तथा संस्थागत विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको जनाइएको छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रम अनुसार सञ्चालित कक्षा १२ को परीक्षा भने सञ्चालन नै हुने सूचनामा जानकारी गराइएको छ ।
१० आश्विन २०८०, बुधबार १६:०९ प्रकाशित