१० असाेज, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उर्जा मन्त्री शक्ति बहादुर बस्नेतले राप्ती सोनारी र नरैनापुर क्षेत्रका हरेका टोल टोलमा विद्युतलाई बिस्तार गरिने बताएका छन । माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत मंगलबार बाँकेको राप्तीसोनारी र नरैनापुर पालिकामा आयोजित बिभिन्न कार्यक्रममा सहभागी मन्त्री बस्नेतले मेनलाइन बिस्तार भई सकेको भएपनि टोल टोलमा विद्युत बिस्तार गरिने बताए ।
सो क्रममा उनले राप्ती नदिको डुबान तथा कटान नियन्त्रणका लागी बनेको स्थाई तटबन्धका लागी आवश्यक बजेट बिनियोजन गर्ने, सिक्टा सिँचाइ आयोजना र भूमिगत सिँचाइको पर्याप्त व्यवस्था गरिने प्रतिबद्धता जनाए । राप्ती सोनारी ६ को फत्तेपुरमा आयोजित कार्यक्रममा उनले संविधानको कार्यन्वयन बाट विकास र समृद्धिको लक्ष्य हासिल गरिने बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले राप्तीसोनरी क्षेत्रका मुख्य समस्याको रुपमा रहेको नदि कटान तथा डुबान नियन्त्रण र विद्युत बिस्तारको काम लाई प्राथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले भूमिहीन दलित र सुकुम्बासी लगायत अव्यवस्थित बसोवासीहरूको समस्या समाधान गर्न सरकार लागी परेको जानकारी दिए ।

नरैनापुर गाउँपालिकामै आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले त्यस क्षेत्रको विकासका लागी आफूले सक्दो सहयोग गर्ने बताए । उनले विद्युत बिस्तार , राप्ती नदि तटबन्ध , सिक्टा पुर्वी नहर र भूमिगत पानी मार्फत सिँचाइका लागी पहल गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश पूर्व मुख्य मन्त्री कुल बहादुर केसीले राप्तीसोनारी र नरैनापुरको विकासका लागी माओवादी केन्द्रले विगतमा जस्तै पहलकदमी लिने बताए । कार्यक्रममा पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले एक जनप्रतिनिधिका हिसाब आफू प्रदेश र केन्द्र सरकारसँग विकासको पहल गरि राखेको बताए ।
माओवादी नेता प्रकाश सुवेदी, अशोक रोकाय, दुर्गा बहादुर थारू (कबीर), माओवादी केन्द्र बाँके संयोजक नरेन्द्र पाण्डे (जेम्स), सचिव डिल्ली बराल प्रदेश समिति सदस्य तथा युवा नेता दामोदर अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ता तथा आम जनताको उल्लेख्य सहभागिता रहेको थियो ।
१० आश्विन २०८०, बुधबार १०:०५ प्रकाशित