टि-२० मा नेपालले बनायाे तीन विश्व कीर्तिमान
  • काँचुली खबर

१० असाेज, काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गरेपछि चीनमा जारी नेपालले १९औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियालाई जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ ।

जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा तीन सय १४ रन बनायो । यो लक्ष्य विश्व टी-२० अन्तर्राष्ट्रियमा हालसम्मकै ठूलो हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान दुई  सय ७८ रन बनाएका थिए ।

नेपालका लागि कुशल मल्ल ५० बलमा आठ चौका र १२ छक्कासहित अविजित एक सय ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरी १० बलमा आठ छक्कासहित अविजित ५२ रन बनाए । ३४ बलमै सतक प्रहार गरेसँगै कुशल टी-२० को इतिहासमा सर्वाधिक छिटो सतक प्रहार गर्ने कीर्तिमानी ब्याट्सम्यान बनेका छन ।

यसअघि सर्वाधिक छिटो सतक ३५ बलमा बनेको थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

यस्तै कप्तान राहित पौडेलले २७ बलमा दुई चौका र ६ छक्कासहित ६१ रन बनाए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले एक सय ९३ रनको साझेदारी गरे । यो टी-२० मा नेपाली ब्याट्सम्यानले हासिल गरेको हालसम्मको उच्च साझेदारी हो ।

दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन जोड्दै विश्व कीर्तिमान बनाए । उनले नौ बलमा अर्थसतक हान्दै नयाँ विश्व कीर्तिमान रचेका हुन । दीपेन्द्रले यसअघि भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका छन ।

ओपनर कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन बनाए । मंगोलियाविरुद्ध कप्तान रोहित पौडेलले पनि १९ बलमै अर्धसतक पूरा गरे ।

  • १० आश्विन २०८०, बुधबार ०९:३० प्रकाशित
  • Nabintech