नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा प्रवेश
  • काँचुली खबर

८ असोज, काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३-१ ले हरायो ।

नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे ।

प्रशान्तले १६औं मिनेटमा गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो ।

यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।

तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो ।

८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३-१ ले जिताए ।

खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो । छैटौं मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोष्टबाट बाहिरियो ।

त्यसको दुई मिनेट पछि नै धामीले दायाँबाट हानेको बल पोष्ट माथिबाट बाहिरियो ।

  • ८ आश्विन २०८०, सोमबार १५:३६ प्रकाशित
  • Nabintech