बालसुधार गृहबाट भागेर चार जना अझै सम्पर्क बिहिन
  • काँचुली खबर

६ असोज, नेपालगन्ज । बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी अझै फेला पर्न सकेका छैन।

गत बिहीबार राति बालबन्दीको बीचमा झडप हुँदा भागेकामध्ये चार जना अझै सम्पर्क बाहिर रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । उनीहरुको तीब्र रुपमा खोजतलास भइरहेको उनले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

डिएसपी डाँगीका अनुसार भागेका बालबन्दीलाई खोज्न प्रहरी परिचालन गरिएको छ । बालबन्दी जान सक्ने ठाउँमा निगरानी बढाइएको छ । बालसुधार गृह सीमा नाका नजिक भएकाले भारततिर गएको हुन सक्ने आशंका गरिएको छ।

बाल सुधार गृहका अन्य केहीलाई सुधार गृह भित्रै अलग राखेर सोधपुछ तथा अनुसन्धान जारी राखिएको छ। झडपमा अगुवाई गरेकाहरुलाई छानेर अलग राखिएको हो। जसमा राती भागेर पुनः पक्राउ परेका २५ जना पनि रहेको बताइएको छ।

दुई सय ५४ जना बालबन्दी रहेको सुधार गृहमा यसपालीको झडपमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

  • ७ आश्विन २०८०, आईतवार ११:३९ प्रकाशित
  • Nabintech