६ असाेज, दाङ । दाङमा खुकुरी प्रहारबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो करिब साढे २ बजेतिर जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका करिब ३९ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा सोही ठाउँकी रिता लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
उनी आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। यस्तै, २ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए। गम्भिर घाइते हुनेमा सोही ठाउँ ४५ वर्षीय वीरबहादुर हमाल र करिब ६५ वर्षीया कमला कुमारी हमाल छन्।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कमलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेतर्फ रिफर गरिएको छ। वीर बहादुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुरलाई निजकै घरभित्र लुकिछिपी बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको जनाएकाे छ । खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
६ आश्विन २०८०, शनिबार १७:५३ प्रकाशित