उत्कृष्ट काम गरेको भन्दै डेविट निर्माण सेवालाई सम्मान
  • काँचुली खबर

३ असोज, बर्दिया । नवौं संविधान दिवसका अवसरमा कोहलपुरको डेविट निर्माण सेवा सम्मानित भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकाले नगरपालिका क्षेत्रभित्र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै संविधान दिवसको अबसरमा डेविट निर्माण सेवा कोहलपुरलाई सम्मानित गरेको हो ।

संविधान दिवसका अवसरमा आयोजित विशेष समारोहका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश साँसद जन्मजय तिमल्सिना, बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारू, पुर्व मेयर दुर्गा बहादुर थारू (कबिर) ले संयुक्त रूपमा डेविट निर्माण सेवाका संचालक दामोदर अधिकारीलाई सम्मान-पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सम्मानपछि प्रतिक्रिया दिदै बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूले नगरपालिकाभित्र भौतिक निर्माण कार्यमा अति उत्कृष्ट कार्यसम्पादन गरेकाले सम्पादित कामको उच्च मुल्यांकन गर्दै डेविट निर्माण सेवालाई सम्मान-पत्र प्रदान गरीएको बताए ।

कार्यक्रममा नगरपालिकाका उत्कृष्ट कर्मचारीहरूलाई समेत सम्मानित गरीएको थियो ।

कार्यक्रमका सहभागीहरूले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको दाबी गरेका थिए । संविधानमा देखिएका केही समस्याहरूलाई समयसापेक्ष रूपमा संसोधन गर्दै लैजानुपर्ने बताउँदै वक्ताहरूले जनताको ठुलो त्याग र समर्पणबाट निर्माण गरीएको संविधानको रक्षाकालागि सबै एकजुट हुनुपर्ने समय आएको बताए ।

  • ३ आश्विन २०८०, बुधबार १८:४६ प्रकाशित
  • Nabintech