सरकारले निजी बिद्यालयलाई उचित मुल्याङ्कन नगरेको आरोप
  • काँचुली खबर

२३ भदाै, नेपालगन्ज । सामुदायिक जस्तै निजि बिद्यालयहरु पनि गुणस्तरीय शिक्षाका लागि अब्बल रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल बाँके जिल्ला समितिको शनिबार आयोजित ९ औ जिल्ला अधिवेशनको उदघाट्न समारोहमा बोल्ने सहभागीहरुले निजी बिद्यालयहरु शैक्षिक गुणस्तरमा स्तर बृद्धि गर्दे अगाडि बढेको बताएका हुन । तर राज्यले सरकारी बिद्यालयलाई काखा र निजि बिद्यालयलाई पाखा गर्न नहुने उनिहरुको धारणा छ ।

नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजि विद्यालयप्रतिको व्यवहार नितान्त बिभेदकारी भएको आरोप लगाए । उनले गुणत्मक शिक्षाको लागि ठूलो धनराशी बहिरिएको बताउदै फेरी पनि सरकारले त्यस्तै खालको शिक्षा नीति ल्याउन खोजेको आरोप लगाएका हुन ।

सो अवसरमा केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीले राज्यले आफ्नो सम्पत्तिमाथि आँखा लगाएको बताए । एनप्याब्सन बाँकेका उपाध्यक्ष चिरन चन्दले सहजिकरण गरेको कार्यक्रममा प्याब्सन बाँकेका यामबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका रेखा धिताल, शिक्षक महासंघ बाँकेका पवन यादवलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

उद्घाटन सत्र पछि बन्द शत्रले नयाँ कार्यकालको लागि समिति चयन गर्ने छ । कार्यक्रमलाई समापन गर्दे जिल्ला अध्यक्ष श्याम कुवरले गुणस्तरीय शिक्षाका लागि आफूहरुले थालेको प्रयासलाई आगामी दिनमा पनि ससक्त बनाउनुपर्ने बताए ।

  • २३ भाद्र २०८०, शनिबार १८:२४ प्रकाशित
  • Nabintech