समता स्कुल कोहलपुरमा नर्सिङ सेवा सुरु
  • काँचुली खबर

२२ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको समता स्कुलले नर्सिङ सेवा संञ्चालनमा ल्याएको छ । २०७३ सालमा स्थापीत समता स्कुलले न्यूनतम शुल्कमा अध्यापन गराउँदै आएकोमा अबदेखी विद्यालयले नर्सिङ सेवा समेत विस्तार गरेको हो।

उक्त सेवाबाट विद्यालयमा अध्ययनरत बालबालीकाका साथै मासिक रुपमा अभिभावहरुको समेत स्वास्थ्य समेत परिक्षण गरिने बताईएको छ । आज हामी खुसी छौँ,आजबाट स्कुलमा नर्सिङ सेवा विस्तार गरेका छौँ ‘ विद्यालय संचालक रबि रोकायाले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

स्कुल नर्स सेवाबाट विद्यालयमा धेरै राम्रो प्रभाव देखिएको विद्यालय प्र.अ. लक्ष्मी पौडेलले बताईन । प्रत्येक शुक्रबार नानी बाबुहरुको आधारभूत स्वास्थ्य सेवा मार्फत तौल नाप, अक्सिजनको मात्रा, पेसर, जरो लगाएत परिक्षण सहित महिनाको एक दिन सम्पूर्ण अभिभावहरुको समेत स्वाथ्य परिक्षण गरिने विद्यालयले जनाएको छ ।

मासिक एक सयमा अध्यापन गराउदै आइरहेको उक्त विद्यालयले कोराना महामारीपछि भने अभिभावक भेला मार्फत सम्पूर्ण कक्षाकालागी आवश्यक समान तथा पठनपाठनकालागि केही न्यूनतम शुल्क कायम गरीएको विद्यालय इन्चार्ज मिरा चन्द्रले जानकारी दिईन ।

विद्यालयमा हाल कप्यूटर ल्याब, अडियो भिडियो, प्रोजेक्ट वर्क, समाचार वाचन, बादविवाद प्रतियोगिता, दृश्य अवलोकन लगाएत अतिरिक्त क्रियाकलाप संचालन हुँदै आईरहेको छ । समता स्कुलका शाखाहरु देशका ७७ जिल्ला सहित भारत, श्रीलंका, म्यानमार र बंलालेशमा समेत संचालनमा रहेका छन ।

  • २२ भाद्र २०८०, शुक्रबार १३:४८ प्रकाशित
  • Nabintech