२१ भदौ, कोहलपुर । नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेले घरबहाल करको समस्या समाधानकालागी कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । बिहिबार कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाउँदै मञ्चले कानुनी रुपमा समस्या समाधान गरी सबैलाई करको दायरामा ल्याउन आग्रह गरेको हो ।
नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेका अध्यक्ष तिलक सिंह कार्कीको नेतृत्वमा ज्ञापन पत्र बुझाउँदै मञ्चले आफ्ना ब्यवसायीहरु करको दोहोरो मारमा परेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । घरभाडावाला ब्यवसायीहरु नगरपालिकामा आफ्नो ब्यवसाय नविकरण गर्न जादा घरधनिले तिर्नु पर्ने घरबहाल करको विषय जोडि अनावश्यक दु:ख दिने प्रवृत्ति बढ्दै गएको भन्दै मञ्चले ब्यवसायीहरुले प्रक्रियागत रुपमा नविकरणमा लाग्ने कर दाखिला गरीसकेको अवस्थामा पनि नविकरण नगरी फिर्ता पठाउने कार्य तत्काल अन्त्य हुनुपर्ने जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घरबहाल कर लगाएतका अन्य दस्तुर कानुन बमोजिम बुझाउनुपर्ने दायीत्व घरधनीको हुने कानुनी प्रवाधान रहेपनि नगरपालिकाले ब्यवसायीहरुबाट राजश्व लिएर नविकरण नगरी फिर्ता पठाउने गरेको मञ्चका बाँके अध्यक्ष तिलक सिंह कार्कीले बताए । उनले घरबहाल कर ब्यवसायी र डेरावालालाई तिर्न बाध्य पारीनुले ब्यवसायीहरु ठुलो मर्कामा पर्नुका साथै नगरपालिकामा ब्यवसाय दर्ता तथा निवकरण नगर्ने समस्या बढ्दै गएकाे बताए । जसका कारण घरबहाल करमा व्यापक कर छलि गर्ने प्रवृत्ति माैलाउँदै गएकाले सबैलाई करकाे दायरामा ल्याउन स्थानिय कर नीति बनाई कार्यान्वयनमा ल्याउन मञ्चले माग समेत गरेकाे कार्किले बताए ।



२१ भाद्र २०८०, बिहीबार २२:१५ प्रकाशित